निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग

128

सत्तारूढ नेकपा निकटका भ्रातृ संगठनले हाल सञ्चालनमा रहेका निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग गरेका छन्। युवा संघ, योङ कम्युनिस्ट लिग, अखिल र अखिल क्रान्तिकारीको संयुक्त बैठकले यस्तो माग गरेको हो।

‘नेपालको संविधानको प्रस्तावनामा उल्लिखित समाजवाद उन्मुख व्यवस्थाको मर्म एवं शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधानअनुसार निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई अविलम्ब राष्ट्रियकरण वा गैरनाफामुखी ट्रस्टमा रुपान्तरण गरियोस्,’ चार संगठनले माग गरेका छन्। उनीहरुले सबै प्रदेशमा सुविधासम्पन्न शिक्षण अस्पताल खोल्न पनि माग गरेका छन्। नागरिक दैनिकबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here