नेकपामा ओली झन शक्तिशाली

109

नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले पारित गरेको विधान र नियमावलीले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई झन् शक्तिशाली बनाएको छ ।

प्रधानमन्त्रीसहित संसदीय दलका नेतासमेत रहेका ओलीले पार्टीका आन्तरिक बैठक र भेला तथा सभाका लागि पनि समान हैसियतमा अध्यक्षता गर्ने व्यवस्था विधानले पारित गरेको छ । यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल र ओलीले आलोपालो पार्टीका सभा बैठकमा अध्यक्षता गरिने बताइएको थियो ।

पार्टी एकीकरणपछि पनि पूर्वएमाले अध्यक्ष ओली शक्ति सर्वोच्चता कायम गर्न सफल भएका छन् । सोमबार ने क पाले विधान र नियमावली पारित गरिसकेको छ । पारित विधान तथा नियमावलीमा पार्टीको केन्द्रीय तहमा आठवटा केन्द्रीय निकायको व्यवस्था गरेको छ ।

आठ केन्द्रीय निकायहरूमा पार्टीको एकताको राष्ट्रिय महाधिवेशन कमिटी, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च रहने व्यवस्था छ ।

पार्टीको राष्ट्रिय महाधिवेशन कमिटी सर्वोच्च संस्थाका रूपमा रहनेछ । एकताको राष्ट्रिय महाधिवेशन दुई वर्षभित्रमा सम्पन्न गरिने विधानमा उल्लेख छ । महाधिवेशन स्थान, मिति र प्रतिनिधित्वको व्यवस्था केन्द्रीय कमिटीले तोकेबमोजिम हुने विधानमा उल्लेख छ ।

यसैगरी, केन्द्र्र्रीय कमिटी आगामी एकताको राष्ट्रिय महाधिवेशनसम्मका लागि पार्टीको कार्यकारी संस्था हुनेछ । केन्द्रीय कमिटी एकताको राष्ट्रिय महाधिवेशनप्रति उत्तरदायी हुने र एकताको महाधिवेशनबाट केन्द्रीय कमिटी निर्वाचित भएपछि पुरानो केन्द्रीय कमिटी स्वतः विघटन हुनेछ ।

एकताको राष्ट्रिय महाधिवेशनसम्मका लागि दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक प्रवक्ता र एक महासचिवसहित ४४१ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था विधानले गरेको छ । स्थायी कमिटीसहित केन्द्रीय कमिटीको कुल सदस्य संख्याको बढीमा एक तिहाइ सदस्य रहने गरी पोलिटब्युरो, केन्द्रीय सचिवालयसहित बढीमा ४५ सदस्यीय स्थायी कमिटी र केन्द्रीय कमिटीका पदाधिकारी र तीन सदस्यसहित नौ सदस्यीय केन्द्रीय सचिवालयको व्यवस्था गरिएको छ ।

ओली र दाहालले बैठकहरूको अध्यक्षता संयुक्त रूपमा वा आपसी सल्लाहमा दुईमध्ये एकले गर्ने भनिएको छ । बैठकमा दुवै अध्यक्षमध्ये कोही अनुपस्थित भए उपस्थित हुनेले बैठकको अध्यक्षता गर्नेछन् । हालसम्म पार्टीका बैठकको अध्यक्षता प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गर्दै आएका छन् ।

यसैगरी, पार्टीका आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्ष वा आपसी सल्लाहमा एक अध्यक्षले हस्ताक्षर गर्ने व्यवस्था विधानमा उल्लेख गरिएको छ ।

ने क पाको विधानले प्रदेश कमिटीमा अध्यक्ष र सचिवसहित १५१ सदस्य रहने व्यवस्था गरेको छ । तर, आवश्यकअनुसार एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र बराबर दुईका दरले सदस्य थप्न सकिनेछ ।

केन्द्रमा जस्तै प्रदेशमा समेत प्रदेश परिषद्, प्रदेश सल्लाहकार, प्रदेश ज्येष्ठ कम्युनिस्ट मञ्च पनि प्रदेश कमिटीले गठन गर्न सक्ने अधिकार दिइएको छ । आफ्नो कमिटीको कुल संख्याको ५० प्रतिशतभन्दा बढी नहुने गरी सल्लाहकार परिषद् र आवश्यकताअनुसार ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्न सकिनेछ ।

पार्टीका स्थानीय कमिटी सात प्रकारका हुनेछन् । जिल्ला कमिटी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, महानगर÷उपमहानगर÷नगर÷गाउँ कमिटी, वडा वा शाखा कमिटी, टोल वा प्रारम्भिक कमिटी र पार्टी सेल कमिटी हुनेछन् ।
यसैगरी, काठमाडौं उपत्यकामा मजदुर विशेष जिल्ला कमिटी, युवा विद्यार्थी विशेष जिल्ला कमिटी, पेसागत, उद्यमी व्यवसायी र प्रदेश सम्पर्क विशेष कमिटी रहनेछ । राजधानीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here