काठमाडौ, साउन ८ । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्दै डा. केसीले अनसन नबसेर बन्दुक उठाउनुपर्थ्यो कमरेड ? भनेर सोधेका छन् ।
सोमबार पुष्पलाल स्मृति दिवसका अवसरमा अध्यक्ष दाहाललले केसीले अनसन बसेर गलत गरेको बताएका थिए । शर्माले कांग्रेसमाथिको प्रश्नमा माथेमा कार्यदल कसले बनायो र अध्यादेश कसले ल्यायो भनेर प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत शर्माले लासको राजनीतिको आरोप लगाउनु अघि आफ्नो व्यक्तिगत उचाई र पृष्ठभूमिको समेत हेक्का गर्न दाहालसँग आग्रह गरेका छन् ।


















