पछिल्लो समय नयाँ कलाकारहरुले नेपाली फिल्ममा वर्चश्व जमाइरहँदा फिल्म ‘कहिँ कतै’ बाट डेब्यु गरेका दुई लिड कलाकार हुन् – सिवानी गिरी र सोनम बरफुङ्गपा । फिल्ममा यी दुईको जोडी बाँधिएको छ । सोनम र सिवानी पनि आफूहरुको फिल्मी यात्रा सुखद रहनेमा विश्वस्त छन् ।
सविर श्रेष्ठ निर्देशित उक्त फिल्म साउन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको हो ।
मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप समेत रहेकी नव-अभिनेत्री सिवानीले ‘म आफूमाथि भन्दा पनि दर्शकमाथि डिपेन्ट हुन चाहन्छु । दर्शकले ब्यानर हेर्नुहुन्न अभिनय हेर्नुहुन्छ’, उनले भनिन् । एउटा कलाकारको मुल्यांकन ब्यानरबाट नभएर अभिनयबाट हुने तर्क राख्छिन् । उनलाई अचेल धेरैले आफ्नै ब्यानरबाट फिल्ममा डेब्यु गर्नुको कारण सोधिरहेका छन् ।
नेपाली फिल्ममा नै आफ्नो भविष्य बनाउने सोचमा रहेका नव-अभिनेता सोनम बरफुङ्गपा भन्छन्, ‘राम्रो काम दिने कोशिश गरेको छु । डेब्यु फिल्म भएका कारण डर र उत्साह दुवै छ । अब दर्शक प्रतिक्रिया जान्न इच्छुक छु ।’
शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । फिल्मका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ ।
अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा दीलिप रायमाझी, उमा ‘बेबी’ गिरी, किशोर खतिवडालागयतका कलाकारहरुको पनि अभिनय रहेको छ ।


















