नेपाली फिल्म ‘साइनो’ मा अभिनेत्री नीता ढुंगाना डान्स टिचरको भूमिकामा अनुबन्ध भएकी छन् । नेपाली पहिलो फिल्म ‘आमा’ का दुई अभिनेत्री चैत्यदेवी सिंह र भुवन चन्दले निर्माण गर्न लागेको सो चलचित्रमा स्क्रिप्ट उत्कृष्ट लागेका कारण फिल्म छाड्न नसकेको नीताले जनाइन् ।
उनी भन्छिन्, ‘विषय वस्तुसँगै भूमिका पनि राम्रो पाएँ अनि फिल्म साइन गरेको हुँ । भूमिका च्यालेन्जिङ्ग छ ।
अभिनेता भुवन केसी, डेनी डेञ्जोङ्गपा, तृप्तिको प्रमुख भूमिका रहेको दशक अगाडिको सुपरहिट फिल्म ‘साइनो’ बाट ‘आमा’ अभिनेत्रीले नाम सापटी लिएका हुन् ।
रमेश थापाले निर्देशन गर्ने ‘साइनो’फिल्ममा नायिका मिरुना मगर र नव कलाकार राजकुमारको पनि प्रमुख भूमिका रहनेछ ।

















