पोलियो खोपको अभाव भएपछि एफआइपिभी सुरु

380

सरकारले पोलियो खोपका नाममा लगाउँदै आएको आइपिभी भ्याक्सिनको अभाव भएपछि सरकारले नयाँ भ्याक्सिन एफआइपिभी सुरु गर्ने भएको छ । आइपिभि खोप १४ महिना उमेरका बालबालिकलाई लगाइन्थ्यो भने एफआइपिभि खोप ६ साता र १४ महिनाको उमेरमा गरी दुईपटक लगाइन्छ ।

‘ सम्पूर्ण विश्व पोलियो उन्मूलनको अभियानमा लागेको छ,’ महाशाखाका खोप अधिकृत भरत भण्डारीले भने, ‘अभियान सञ्चालन भइरहँदा आइपिभी अभाव भएकाले त्यसलाई थप प्रभावकारी बनाउन एफआइपिभी खोप चलाउन लागेका हौँ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बालस्वास्थ्य महाशाखाका अनुसार आइपिभी भ्याक्सिन विश्वभर अभाव भएपछि यस वर्षबाट एफआइपिभी नामक भ्याक्सिन सुरु गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here