त्रिभुवन विश्वविद्यालयको अभ्यास वर्ग सम्पन्न

317

राष्ट्र हाक्ने युवा जनशक्ति तयार गर्नका लागी प्राज्ञिक विद्यार्थी परिषद नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समितिको एक दिवसीय अभ्यास वर्ग सम्पन्न भएको छ ।

हिजो शनिबार भएको सो अभ्यास वर्गमा सर्वोच्च अदालतका पुर्व रजिस्ट्रार डा रामकृष्ण तिमिल्सिनाज्यू ,विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालज्यू ,त्रिभुवन विश्वविद्यालयका प्रा डा.नन्दबाहदुर सिंहज्यू ,विद्यार्थी परिषदका राष्ट्रिय सचिव एक विभाग संगठन सचिव छितराज न्यौपानेज्यु ,प्रा नारायण गिरिज्यू ,त्रि वि सह प्रशासक शारदा पौडेलज्यू को उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको हो ।

प्रा.डा.नन्दबाहादुर सिंह ज्यु ले राष्ट्रको समृद्धिका लागि भाषा ,धर्म ,संस्कार र संस्कृतिको संरक्षण गर्ने जिम्मा युवा शाक्तीको भएकोले त्यस लाई जगेर्ना गर्नु पर्ने जनाउनु भयो ।

प्रमुख अतिथि डा.रामकृष्ण तिमिल्सिनाज्युले राष्ट्र निर्माणमा विद्यार्थी परिषदले अमुल्य योगदान दिएको र आगामी दिनमा विद्यार्थी परिषदले राष्ट्र हाक्ने जनशक्ति तयार गर्नका लागी शुभकामना व्यक्त गर्नुभयो ।

विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालज्यूले विद्यार्थी परिषदको कार्य पद्धतिको बारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो भने राष्ट्रिय सचिव छितराज न्यौपाने जी ले विद्यार्थी परिषदको सैद्धान्तिक भुमिका को बारेमा विषय राख्नु भयो ।

कार्यक्रमको अन्त्यमा भिम बहादुर रोकाया जी को संयोजकत्वमा एक्काइस सदस्यीय २०७५/०७६ को विश्वविद्यालय इकाई समिति गठन गर्दै नव नियुक्त विश्वविद्यालय संयोजक रोकाया जि ले अबको कार्यकालमा सबैको सहयोगले एक उदाहरणिय कार्य प्रतिबद्धता जाहेर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here