प्रधानमन्त्री ओलीले सहमति पालना गर्ने नेता झलनाथ खनालको दाबी

221

काठमाडौं  /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुर्सीको विषयलाई लिएर दोहोरी चलिरहेका सन्दर्भमा दुवै नेताबीचको सहमति पालना हुने जनाएका छन् ।

नेता खनालले  भने, ‘प्रधानमन्त्री ज्यू आफैले गरेको सहमति पालना गर्नकै लागि हो उहाँ आफैले गरेको सहमति पालना गर्नुहुन्छ ।’

ओली र प्रचण्डबीच एक व्यक्ति एक पदको जिकिर बढ्दो छ । ओलीले सरकारको नेतृत्व पनि गर्ने र पार्टीको मुख्य बागडोर पनि सम्हालेको सन्दर्भमा प्रचण्डले अब सत्ता हस्तान्तरण हुनुपर्नेमा रहेको देखिन्छ ।

उनले पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्तिमा अहिलेसम्म रहेको र हुनुपर्नेमा जोड दिँदै भने, ‘तर तलका इकाइको हकमा भने एक व्यक्ति एक पद नै ठीक हो ।’ तर उनले सहमति दायाँबायाँ नहुने भन्दै दुई नेताबीचको सहमति पालना हुनुपर्नेमा जोड दिएका छन् ।

एक वर्ष नाघ्दासमेत पूर्ण एकता हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here