यौन सम्पर्कका लागि अचानक मूड परिवर्तन गर्ने तरिका
मानिसको आधारभूत आवश्यकतामा सारीरिक सम्पर्क पनि एक हो । सारीरिक सम्बन्धले मानिसको दैनिक जीवनलाई प्रभाव पारेको हुन्छ । यौन जीवनलाई रोमान्चक बनाउँन एक अर्कामा सकारात्मक सोचको आवश्यकता पर्दछ । डर र त्रासमा गरिएको यौन सम्पर्कले आवश्यकता त पुरा होला तर यसले दुवैलाई आनन्द भने प्रदान गर्न सक्दैन । स्वस्थ यौन सम्पर्कले दाम्पत्य जीवनमा खुसियाली ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यदि यौन सम्बन्ध आपसमा राम्रो छ भने व्यवहारिक सम्बन्ध पनि राम्रो हुन्छ तर स्वस्थ यौन सम्पर्कको अभावमा जीवनमा रुखोपन आउन सक्छ । साथै यही नै दाम्पत्य जीवनमा तनावको मुख्य कारण पनि बन्न सक्छ । दाम्पत्य जीवनलाई सुखद् बनाउनका लागि यहाँ केही उपाय प्रस्तुत गरिएको छ, जसले यौन सम्वन्धलाई अझ बढी रोचक र आनन्दमय बनाउन सहयोग पुग्छ । यौन सहवासपूर्व शरीरलाई बुझ्नु जरुरी हुन्छ । किनभने सहवास शरीरको अनुकूलतामा नै निर्भर रहन्छ ।
शरीरका सबै अंगहरु संवेदनशील हुँदैनन् । संवेदनशील अंगहरुलाई चलाउँदा वा खेलाउँदा वा चुम्वनले नै शरीरमा उत्तेजना र इच्छा प्रवाहित गर्न सहयोग पुर्याएको हुन्छ । शरीरमा पूरा ऊर्जा दुई अंगहरुमा नै केन्द्रित रहेको हुन्छ । पहिलो नाभी अर्थात् नाइटोको ठीक तल र अर्को मेरुदण्डको आखिरी भागमा । नाइटोको तलको भागलाई आन्तरिक शक्ति भनिन्छ जुन इन्द्रियलाई उत्तेजनाको कलाको कारणबाट जानिन्छ भने मेरुदण्डको तल्लो भागलाई कुण्डलिनी योगका साधक यौन आनन्दको ऊर्जाको केन्द्र मान्दछन् । सहवासका समयमा यो अनुभव गर्न सकिन्छ । यौन सम्पर्कमा रक्तवहाव तीव्र बनाउन र शरीरको तापमान नियन्त्रणमा राख्न दिमाग अर्थात मष्तिस्कलाई उपयोग गर्नुपर्छ । यौन सम्पर्कको चरम आनन्द लिन यी दुवै जरुरी छन् । यौन सम्पर्कको आनन्द मस्तिष्कबाट हुन्छ । शरीर त एक माध्यम मात्र हो ।
कहिले अचानक यौन सम्पर्कका लागि मुड तयार बन्छ भने कहिले घण्टौँ समय बित्दा पनि मुड हुँदैन । यस्तो समस्याको लागि शरीरको कुन अंग ऊर्जाको केन्द्र हो भनेर थाहा पाउन आवश्यक छ । आफुलाई मन पर्ने अंग हेरिरहदा आफ्नो यौन जोडीको मनलाई आनन्दित तुल्याउँछ र काउकुती लगाउँछ । यसले यौन जोडीको शरीरमा एक प्रकारको तरंग प्रवाह गर्छ त्यहाँ हातले चलाउनु वा सुमसुमाउन सुरु गर्नुपर्छ । यस क्रियाले यौन जोडी कामोत्तेजित हुनेछिन् र उनी स्वयं नै यौन सम्पर्कका लागि पहल गर्न आरम्भ गर्नेछिन् । अंगहरुको पहिचान दुवैलाई हुनु जरुरी हुन्छ । यौन सम्पर्कका तरिकाहरुबारे बुझेर गरिएको यौन सम्पर्कबाट सन्तुष्टि प्राप्त हुन्छ र प्रेमको भोक पनि सन्तुष्टि प्राप्त भएपछि नै समाप्त हुन्छ ।
सहवास गर्दागर्दै पनि कतिपय यौन जोडीहरु अतृप्त नै हुन्छन् किनभने उनीहरुलाई यौन सम्पर्क गर्ने तौरतरिका आउँदैन । यौन क्रियामा यौन जोडीलाई पनि आनन्द आउनु पर्छ । आफुलाई पनि यसबारे ज्ञान हुनु आवश्यक हुन्छ । यौन सहवासबाट सर्वाधिक आनन्द अनुभव गर्ने क्षमता प्रकृतिले पुरुषलाई नै दिएको छ । आफुलाई आनन्दको अनुभूति त्यतिबेला हुन्छ जब यौन जोडीले पनि यसबाट उत्तिकै आनन्दको अनुभूति गर्न सकेको हुन्छ ।

















