गण्डकी प्रदेशका कांग्रेस सांसदले झापास्थित विएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई कारबाहीकाे माग गरेका छन् । ‘बंगलादेशमा पढ्न गएका नेपाली छात्रा’बारे अपमानित हुने गरी सार्वजनिक अभिव्यक्ति दिएको भन्दै प्रदेशका प्रतिपक्षी सांसदले आपत्ति जनाएका हुन् ।
बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसकी सांसद ओमकाल गौतमले बंगलादेशमा डाक्टरी पढ्दै गरेका नेपाली छात्राहरुलाई अपमानित गर्ने र उनीहरुको मनोवल घट्ने गरी अभिव्यक्ति दिएकाले प्रसाईंलाई कारबाहीको माग गरेकी हुन् । नयाँ पत्रिकाबाट ।

















