सभामुख महरामाथि बालकृष्ण खाणको गम्भिर आरोप

290

प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले सरकारविरुद्ध यही साउन १५ गते ७७ वटै जिल्लामा प्रदर्शन गर्दैछ । संविधान पालना गर्ने र गराउने कुरामा सरकार चुकेको भन्दै आफूलाई संविधानभन्दा माथि राख्न खोजेको गम्भीर आरोप लगाएको छ ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र समेत रहेका खाणले वर्तमान सरकार दुई तिहाइको दम्भको बलमा हिँडेको, संविधानभन्दा माथि आफूलाई राखेको र जनतालाई राहात दिनुपर्नेमा महँगी र मूल्यवृद्धिको उपहार दिएकाले उसमाथि निरन्तर खबरदारी र आन्दोलन गर्नुपरेको जनाए ।

संविधान कार्यान्वयन गराउनु छ । संविधानमा सभामुख र उपसभामुख चाहे प्रतिनिधिसभाको होस् चाहे प्रदेश सभाको त्यो फरक दलको हुनुपर्छ भन्ने संविधानले प्रष्ट व्यवस्था गरेको छ । राजनीतिक दलसम्बन्धी व्यवस्थामा पनि यदि कसैले सभामुख र उपसभामुख भएको कारणले दलबाट राजीनामा दिएर दल परित्याग गर्यो भने प्रतिनिधिसभा वा प्रदेश सभाको सदस्य नै रहँदैन । त्यसकारण सत्तापक्षले सभामुख वा उपसभामुखको व्यवस्थाअनुसार संविधान पालना गर्ने कुरामा गम्भीरता अपनाउनुपर्यो । त्यो कुरा हामीले सदनमा प्रवेश गराइसकेका छौं । । सत्तापक्ष र सभामुखलाई पनि भनिसकेका छौं ।

सभामुखले पनि यस विषयमा नबुझेको हो कि जस्तो लाग्यो । यो अरू विषय जस्तो होइन । यो त उहाँमाथि नै उठेको प्रश्न हो । सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसको कार्यान्वयन उहाँले गर्नुपर्छ कि पर्दैन रु सभामुखको पदमा संवैधानिक प्रश्न उठेको छ, त्यही प्रश्नको जवाफ नदिई उम्कन मिल्दैन । त्यसकारण संविधानको एक पटक गम्भीरतापूर्वक अध्ययन गर्नुस् भनेरे म उहाँलाई आग्रह गर्छु । संविधानको धारा ९१ उहाँले अध्ययन नै नगरेको हो कि रु जसमा फरक लिङ्ग र फरक दलको सभामुख, उपसभामुख हुनुपर्छ भनिएकै छ नि ।

संविधानलाई स्वीकार गर्ने र आत्मासाथ गर्नुको साटो त्यस्तो कुरा गर्दै हिँडने हो भने त्यसले कसैको भलो गर्दैन । संविधान पालना प्रधानमन्त्री, सभामुख, उपसभामुख, सांसद सबैले गर्नुपर्छ । राज्यपक्षले त झन् बढी गर्नुपर्छ । आफू नगर्ने अरूलाई मात्र गर भन्दा कसले मान्छ ? यसले त अराजकता निम्त्याउँछ ।

महँगी भ्रष्टचार नियन्त्रण गर्यो भने त हामी सरकारलाई धन्यावाद दिइहाल्छौँ नि । तर सरकार जति दम्भमा हिँड्छ, जनतालाई थिचोमिचो गर्छ, अरूलाई कानुन लागू गर्ने आफू त्योभन्दा माथि हिँड्ने कोसिस गर्यो भने राम्रो हुँदैन भनेर एक अन्वार्तामा भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here