एनआइसी र युनाइटेडबीच बैंकास्योरेन्स सम्झौता

104

एनआइसी एसिया बैंकले युनाइटेड इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता भएको छ ।

यस बैंकका ग्राहकहरुले सम्झौताअनुसार अब एनएमबीका शाखाहरुबाट सहजरुपमा युनाइटेड इन्स्योरेन्स कम्पनीको निर्जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन ।

सम्झौतापत्रमा बैंक कामु प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने र इन्स्योरेन्स कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईले हस्ताक्षर गरे ।

एनआइसी एसियाको मुलुकभर २३३ शाखा कार्यालयहरु, २२१ एटिएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा छ। बैंकको वासलातको आकार १७५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १५० अर्ब पुगेको छ।

ग्राहकको संख्या करिब ११ लाख ७५ हजार पुगेको बैंकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here