काठमाडौं- नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकारले आफ्नो पार्टीप्रति गरेको व्यवहारको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ ।
शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लव समुहले सरकाले आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरि चरम यातना दिएकोले पक्राउ परेका कार्यकर्तालाई तुरुन्त रिहाईको माग गरेको हो ।
विज्ञप्तिमा भनिएको छ ‘पार्टीमाथिको दमन, प्रतिबन्ध, गिरफ्तारी रोकिएन भने हामी सशक्त्र प्रतिरोध गर्न बाध्य हुनेछौँ । अहिले पनि भन्दैछौँ, हामीलाई बाध्य नपारियोस् ।’
प्रहरीले शुक्रबार मात्रै सो पार्टीका केन्द्रीय सदस्यहरु चुडामणि ओली र चन्द्रबहादुर खड्कालाई पक्राउ गरेको थियो ।


















