अस्पतालभित्रै मृत भेटिइन् नर्स

264

जनकपुर- जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटल, जनकपुरमा कार्यरत एक नर्स झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् ।

महोत्तरीको गौशाला नगरपालिका–३, रामनगरकी २४ वर्षीया नर्स रक्षा आले आइतबार अस्पतालको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय, धनुषाले शौचालयमा झुण्डिएको अवस्थामा नर्स आलेको शव फेला परेको जानकारी दिएको छ ।

शव प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here