महिला सञ्जालद्वारा दोषीलाई कडा सजाय गर्न माग

142

काठमाडौं/ अन्तरपार्टी महिला सञ्जालले १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटना एकसाता बितिसक्दा पनि स्थानीय प्रशासनले घटनाका अपराधी पत्ता लगाउन नसकेको भन्दै घटनाप्रति शीघ्र छानबिन गरी दोषीलाई कडा सजाय गर्न माग गरेको छ ।

कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ मा गत बिहीबार बिहान ११ बजे साथीको घरमा गएकी उक्त बालिकाको शुक्रबार भीमदत्त पन्त नगरपालिका–१८ निमखुखेडास्थित उखुबारीमा शव फेला परेको थियो । सञ्जालद्वारा जारी विज्ञप्तिमा घटनाको छानबिन गरी अपराधी पत्ता लगाई सर्वस्वहरणसहित आजीवन काराबासको सजाय गर्न माग गरिएको छ ।

सञ्जालका अध्यक्ष नीलम बर्मा र महासचिव कल्याणी रिजालद्वारा विज्ञप्तिमा बलात्कृत बालिकाका आफन्तलाई उचित क्षतिपूर्ति दिन सरकारसँग अपिल गर्दै बालिकाप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

सञ्जालले महिला तथा बालबालिकामाथि हिंसा र अपराधका घटना बढेको भन्दै सुरक्षा व्यवस्था मजबुत बनाई शान्तिपूर्ण जीवनयापनको वातावरण सिर्जना गर्न सरकार समक्ष माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here