काठमाडौं- नेपाली सेनाले राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रममा निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेश निषेध गरेको छ । सेनाले जङ्गी अड्डाभित्र निर्माण गरेको भवन उद्घाटन कार्यक्रममा निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाएको हो ।
सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति भण्डारी भवन उद्घाटनको लागि जङ्गी अड्डा पुगेकी छन् । राष्ट्रपतिमाथि विभिन्न विषयमा विवाद आउन थालेपछि सेनाले उनी सहभागी कार्यक्रममा निजी सञ्चार माध्यमलाई रोक लगाएको हो ।
तर जङ्गी अड्डाले भने स्थान अभावका कारण सीमित पत्रकारलाई मात्र सहभागी गराउन सकेको जानकारी दिएको छ ।

















