सवा चार करोडमा यस्तो बन्दै छ गाउँपालिकाको भवन

148

सल्यान/  कपुरकोट गाउँपालिकाको भवन निर्माण कार्य सुरु भएको छ । चार करोड १७ लाख ५५ हजार रुपैयाँमा निर्माण हुन लागेको भवनको गाउापालिकाका अध्यक्ष भिम बहादुर सेनले शिलान्याश गरेका छन् । भवन शिलान्याश गर्दै उनले भवन निर्माण कम्पनीलाइ निर्धारित समयमै काम सम्पन्न गर्न आग्रह गरेका छन् । भवन अभावमा अहिले भइरहेको समस्या यो नयाँ भवन निर्माण भएपछि हट्ने विश्वास व्यक्ति गर्दै अध्यक्ष सेनले सेवा प्रवाहमा सहजता हुने उल्लेख गरे।


गत जेठ २३ गतेदेखि २०७७ सालको जेठ २३ गते सम्मको समयमा भवन निर्माण गरिसक्ने गरि रोयल कन्ट्रक्शन धनगडी २ कैलालीले ठेक्का पाएको छ । यस कम्पनीका निर्माण व्यवशायी जिमजियाङ राई (जिम्बा) ले समयमै काम सम्पन्न गर्न आफु तत्पर रहेको बताए ।

यस अघि जिम्बाले निर्धारित समयमै सल्यान स्थीत ईन्जीनियर भवन, शारदा नगरपालिकाको भवन लगाएत दर्जनौँ भवन निर्माण गरिसकेका छन् । कपुरकोट स्थीत सेवा केन्द्रभित्र रहेको जमिनमा भवन बन्न लागेको हो । भवन निर्माण पछि गाउँपालिका कार्यालय संगै सम्पूर्ण विषयगत कार्यालयहरु पनि नवनिर्मित भवनमै अटाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here