काठमाडौं/ कैलाश विकास बैंक लिमिटेडले शुक्रबार आफ्नो ६० औँ शाखा नवलपरासी जिल्लाको बर्दघाटमा स्थापना गरेको छ ।
शाखाको समुद्घाटन बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याले गरेका थिए ।
कैलाश विकास बैंकको यस शाखाबाट रेमिटान्स, कर्जा निक्षेप कारोवार सहित सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध हुने छन् ।
यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ६० पुगेका छन् भने एटिएम संख्या २५ पुगेका छन् । यस विकास बैंकको चुक्तापूँजी रु २ अर्व ५२ करोड रहेको छ । यस संस्थाले हाल सम्म रु २२ अर्व ८६ करोड निक्षेप संकलन गरी रु २० अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ ।
बैंकले निकट भविष्यमा तनहूं जिल्लाको डुम्रे तथा दुलेगौंडा बांके जिल्लाको नेपालगंज सुर्खेतको छिन्चु बजार तथा बिरेन्द्र नगर लगायत अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।


















