मन नै लोभ्याउने टौदहलाई नजिकैबाट नियाल्दा (फोटो फिचर)

264

काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिकामा अवस्थित टौदहमा नागराजा र नागरानी भएको मान्यता रहेको छ । यस दहमा फागुनको समयमा नागराजा र नागरानीले दह छोड्ने मान्यता रहेको स्थानीयले जनाए । यो समयमा अनोठो प्रकारको आवाज आउने र ठूलै गतिको हुरी बतास चल्ने गरेको स्थानीयवासीहरुको भनाइ पाइएको छ । केही समय पछि फेरी नागराजा र नागरानी फर्किएर आउने र आउदा पनि त्यस्तै अचम्मको मौसम हुने पनि जनाइएको छ ।

वरिपरि बार लगाएर र रिसोर्टहरुले घेरिएर सिंगारिएको टौदह आन्तरिक र बाह्य पर्यटकहरुको मुख्य पर्यटकीय स्थल बनेको छ । मञ्जुश्रीले काठमाडौँ उपत्यकाको पानी निकासा गरेको भनी चर्चित रहेको ठाउँ चोभारबाट दुई किलोमिटर टाढा रहेको टौदहमा दिनहु पर्यटकहरुको भिड देखिन्छ । टौदहमा अहिले स्थानीयले हाँस पालन पनि गरेका छन् । पर्यटनको सम्भावना देखेरै स्थानीयले टौदहको संरक्षण गरेका स्थानीयको भनाइ छ । अरु दिन भन्दा शनिबार टौहदमा रोमाञ्चक चहलपहल देखिन्छ । यस पर्यटकीय क्षेत्रमा प्रेम जोडीहरुसँगै विभिन्न ठाउँबाट जन्म दिनको सेलिब्रेसन गर्न पनि आउने गरेका छन् । टौदहमा हाँसहरु पानीमा तैरिरहेका देखेर मनै हर्षित हुने गर्दछ ।
क्यामेरामा कैद भएका केही टौदहका दृष्यहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here