२३ औं वर्षमा प्रभु इन्स्योरेन्स

191

काठमाडौं/ प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको २२ औं वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीको २३ औं स्थापना दिवसको कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले निर्जीबन बीमा कम्पनीहरु मध्ये प्रभु इन्स्योरेन्सको व्यवसाय औषत भएता पनि दावी भुक्तानी न्यून रहेको तथा अन्य परिसूचकहरु धेरै राम्रो रहेको बताए । उनले कम्पनीको अवस्था धेरै राम्रो रहेको बताउँदै थप सुशासित र अब्बल बन्न शुभकामना पनि दिए । उनले कम्पनीको अवस्था धेरै राम्रो रहेको बताउँदै थप सुशासित र अब्बल बन्न शुभकामना पनि दिए ।

अध्यक्ष चापागाईले बीमा कम्पनीको सुपरिवेक्षण तथा अनुगमनका कारण कम्पनीहरुको सुशासन राम्रो हुंदै गएको र गत आर्थिक वर्षमा निर्जीवन बीमा व्यवसायमा १७ प्रतिशत बृद्धि भएको पनि बताए ।

साथै बीमा कम्पनीको पूँजी बृद्धिको लागि ३/३ महिना मात्र समय थप हुन सक्ने बताउँदै त्यसपछि मर्जरमा पठाउने पनि बताए । बीमा कम्पनीमा कार्यरत कर्मचारी, अभिकर्ता तथा सर्भेयरको बृद्धिबिकासको लागि बीमा तालिम केन्द्र स्थापना गरिएको पनि उनले जानकारी दिए ।

कम्पनीका अध्यक्ष कुसुम लामाले बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्वन्धी निर्देशिका बीमा कम्पनीहरुको हितमा रहेको र समितिको सहि मार्ग निर्देशनले कम्पनीको व्यवसाय बृद्धि हुने बताउदै बीमा तालिम केन्द्रको स्थापनाले बीमा क्षेत्रमा दक्ष जनशक्ति बिकास हुने बताइन् ।

बीमा समितिको निर्देशन अनुसार चुक्ता पुंजी बृद्धिको लागि हकप्रद शेयर निष्काशन भईसकेको र केही दिनमै हकप्रद शेयरको बाँडफाँड पश्चात तोकिएको चुक्ता पुँजी पुग्ने बताइन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा व्यवसाय बृद्धि गरेको बताए । ३५ वटा शाखा तथा उपशाखाबाट सेवा प्रदान गरिरहेको कम्पनीले केहि समयभित्रै ७ वटा शाखा विस्तर गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here