नेपाली सेनाको सञ्चार सम्बन्धि अभ्यास शुभारम्भ

225

काठमाडौं/ नेपाली सेना र United States Pacific Command (USPACOM) को संयुक्त आयोजनामा सञ्चालन हुने अभ्यास Multinational Communication Interoperability Program (MCIP) Pacific Endeavor-18 (PE-18)  को आज मिति २०७५ श्रावण २१ गते दरबारमार्गस्थित होटल याक एण्ड यती मा  युद्धकार्य महानिर्देशक उपरथी श्री प्रभुराम शर्माले एक विशेष कार्यक्रमका बीच समुद्घाटन गर्नु भएको छ ।

उक्त कार्यक्रममा उपरथी श्री शर्माले यस अभ्यासले भविश्यमा हुन सक्ने विपद् व्यवस्थापनको दौरान अन्तर सञ्चार माध्यमलाई प्रभावकारी बनाउन थप मद्दत पुग्ने बताउनु भएको थियो भने सोही अवसरमा MCIP का निर्देशक श्री स्कट ग्रिफिनले समेत आफ्नो मन्तव्य राख्नु भएको थियो ।

विपद् व्यवस्थापनको समयमा अन्तर सञ्चार माध्यमलाई प्रभावकारी ढंगबाट सञ्चालन गरी सूचना प्रवाहको प्रभावकारीतालाई अभिबृद्धि गर्ने लक्ष्यले यो अभ्यास संचालन गरिएको हो । एसिया प्रशान्त क्षेत्र प्राकृतिक प्रकोपको दृष्टिकोणले अति नै संवेदनशिल क्षेत्र भएको हुँदा सन् २००४ को सुनामीमा देखिएको कमिकमजोरी हटाई Humanitarian Assistance & Disaster Relief (HADR) कार्यलाई प्रभावकारी बनाउन, विपद्को समयमा भरपर्दो मिलाप व्यवस्था गर्न आवश्यक देखिएकोले सन् २००५ बाट US-PACOM को संयोजकत्वमा एसिया प्रशान्त क्षेत्रमा सम्मेलित हुन सक्ने राष्ट्रहरुलाई सहभागी गराई MCIP संचालन गर्न थालिएको हो । MCIP मूख्यतय मिलापका साधनहरुको Compatibility/ Interoperability परीक्षण गर्ने उद्देश्यले संचालन  हुंदै आईरहेको छ ।

MCIP कार्यक्रम संयूक्त राज्य अमेरिकाको Pacific Command ले नेतृत्व गरी संचालन गर्दै आएको छ । नेपाल पनि उक्त कार्यक्रममा सन् २००६ बाट सक्रिय रुपमा सहभागि हुँदै आईरहेको छ । विगतमा नेपाली सेनाले USPACOM को संयोजकत्वमा वि.सं. २०७१ सालमा यो अभ्यास संचालन गरिसकेको छ । अष्ट्रेलिया, बंगलादेश, कम्बोडिया, फिजी, फ्रान्स, इन्डोनेसिया, जापान, मलेसिया, माल्दिभ्स, मंगोलिया, नेपाल, फिलिपिन्स, सिंगापुर, श्रीलंका, थाईल्याण्ड, टोंगा, भियतनाम र संयुक्त राज्य अमेरिका गरी २०    (बिस) राष्ट्रका करिव २७० जना प्रतिनिधिहरु सहभागी हुने यस कार्यक्रममा हालसम्म १८ राष्ट्रका प्रतिनिधिहरु आईसकेकामा २ (दुई) राष्ट्रहरु पपुआ न्यू गिनी र दक्षिण कोरियाका प्रतिनिधिहरु यसै साताको अन्त्यसम्म सहभागी हुन आउने छन् । उक्त अभ्यास यहि मिति २०७५ भाद्र १ गतेसम्म संचालन हुने कार्यक्रम रहेको छ ।

४.     उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, रक्षा मन्त्रालयका सह सचिव, गृह मन्त्रालयका सह सचिव, नेपाली सेनाका अधिकृत, विश्व खाद्य कार्यक्रम नेपालका प्रतिनिधी तथा सञ्चारकर्मीहरुको समेत  उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here