सामसङ जे८ बजारमा

185

सामसङले ग्यालेक्सी जे८ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । जे८ सामसङको इन्फिनिटिसिरिज अन्तर्गतको एक हिस्सा हो भन्दै कम्पनीले यसमा ६ इन्चको सुपर डिस्प्ले तथा डुयल क्यामरा रहेको जनाएको छ । जे८ मा अत्याधुनिक प्रविधियुक्त क्यामरा रहेको छ । कम्पनिले यसको डुयल रियर क्यामराले यस स्मार्टफोनलाई अझ बढी अद्वितीय तुल्याएको जनाएको छ ।

यसमा भएको आर्टिफिसियल इन्टलिजेन्सको माध्यमबाट अगाडिको फोटो तथा व्याक ग्राउन्ड तस्बिरलाई सहजै छुट्याउन सक्छ । त्यसैले गर्दा जे८ बाट खिचिएको तस्बिर एकदमै दक्षव्यक्तिले खिचेको जस्तै देखिन्छ । लाइभफोकस फिचरले गर्दा प्रयोग कर्ताले सफा एवं स्पष्टफोटो लिन सक्छन् । व्याक ग्राउन्डलाईफोटो खिच्नु अगाडि वा खिचिसकेपछि ब्लर बनाउन सकिन्छ । ग्यालेक्सी जे८ को नेपाली मूल्य केवल ३३ हजार ४ सय ९० रुपैयाँ तोकिएको पनि कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here