साम्राज्ञी-पुष्पलको नयाँ फिल्म ‘मारुनी’

216

अभिनेत्री साम्राज्ञी आरएल शाहको नयाँ फिल्मको नाम ‘मारुनी’ जुराइएको छ । यस फिल्ममा अभिनेत्री साम्राज्ञीको अपोजिटमा अभिनेता पुष्पल खड्का देखिँदैछन् ।

निर्देशक नवल नेपालले निर्देशन गर्न लागेको फिल्म ‘मारुनी’ त्रिकोणात्मक प्रेमकथामा आधारित हुने जनाइएको छ । फिल्ममा रेबिका गुरुङ पनि लिड रोलमा रहनेछिन् । अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहने फिल्मलाई सञ्जय लामाले खिच्नेछन् । मगर भाषामा गुन्ह्युचोली लगाएर नाच्ने पुरुषलाई मारुनी भन्ने प्रचलन छ ।

फिल्म मारुनी नाचमा आधारित नभएको भन्दै निर्देशक नेपालले दुई राम्री युवतीलाई फिल्ममा मारुनीको रुपमा ब्याख्या गर्न खोजेको जानकारी दिए । यसमा पुष्पलले साम्राज्ञी र रेबिकासँग रोमान्स गर्नेछन् ।

पारिवारिक फिल्म बनाउन माहिर मानिने निर्देशक नेपाल ‘मारुनी’ पारिवारिक भए पनि आधुनिकिकरणतर्फ जोड दिएको जनाए ।

केही दिनमा फिल्मको औपचारिक घोषणा हुने यस फिल्ममा पुष्पल, साम्राज्ञी र रेबिकाबाहेक अरु कलाकार फाइनल नभएको जनाउँदै निर्देशक नेपालले अहिले दुई जना क्यारेक्टर आर्टिस्टको खोजी भइरहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here