निर्मलाको बलात्कार र हत्या : लागूऔषध दिएर अपराध कबुल गर्न लगाउने काम भइरहेको आरोप

86

कञ्चनपुर / निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानका लागि काठमाडौं पुर्‍याइएका विशाल चौधरी र काठमाडौंमै पक्राउ परेका प्रदीप रावल अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका प्रदीपले प्रारम्भिक बयानमा आफूहरूले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् ।

 ‘सबै कुरा टुंगो लागिसकेको छैन,’ एसपी कडायतले भने, ‘प्रदीपसँगै विशालले पनि अपराध स्वीकारेका छन्, तर अपराध प्रमाणित गर्ने ठोस प्रमाण र आधार अझै पुगेको छैन ।’

प्रदीपलाई काठमाडौंमा पक्राउ गरिएपछि उनकै बयानका आधारमा प्रहरीले विशाल र दिनेश चौधरीलाई काठमाडौं झिकाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुवै जनालाई बिहीबार अभिभावकसंँगै काठमाडौं पठाइएको थियो । ‘प्रहरीले सँंगै पठाए पनि छोरासँग भेट हुनै दिएन,’ विशालका बुबा वीरबहादुरले भने, ‘महेन्द्रनगरबाटै फरक–फरक गाडीमा लगियो, प्लेनमा पनि सिट फरक–फरक थियो ।’

बिहीबार ६ बजे सोधपुछ गर्ने ठाउँमा पुगे पनि १२ बजे मात्रै छोरासँग भेट्न दिएको उनले जनाए  । ‘तपाईंहरू टीभी हेर्न‘ भनेर छोरालाई भित्र लगियो, कहांँ हो भन्ने पनि थाहा छैन,’ उनले भने, ‘६ घण्टापछि ल आउनुस् भनेर भित्र (सोधपुछ गरिरहेको ठाउँमा) लगेका थिए ।’

‘लागूऔषध खुवाएर बयान लिएजस्तो देखिन्छ’
‘विशाललाई भेटेपछि मेरै सामुन्ने सोधियो, उसले मैले नै अपराध गरेको भनेर बयान दियो,’ वीरबहादुरले भने, ‘तर उसको अनुहार निकै रातो थियो, लागूऔषध खुवाएर बयान लिएजस्तो देखिन्थ्यो ।’ उनले भोलिपल्ट पनि ३ बजे भेट्न दिएको र त्यतिबेला पनि फ्रेस नदेखिएको उनले बताए ।

फर्कने बेला प्रहरीले डीएनएको रिपोर्ट नआउँदासम्म केही भन्न नसकिने बताएको उनले जानकारी दिए । ‘छोरालाई लागूऔषध दिएर अपराध कबुल गर्न लगाउने काम भइरहेको छ,’ उनले दाबी गरे ‘मेरो छोरा लागूऔषध सेवन गरेर कुखुरा तथा पैसा चोरीमा लागे पनि बलात्कार र हत्याजस्तो अपराधमा संलग्न हुन सक्दैन ।’

शनिबार विशालका बुबा वीरबहादुर र सोधपुछकै लागि काठमाडौं बोलाइएका अर्का युवक दिनेश र उनका बुबा पवन महेन्द्रनगर फर्किएका हुन् । दिनेश र विशालको घर भीमदत्त नगरपालिका १८ भगतपुर उल्टाखाम रोडमा पर्छ ।

प्रदीपको घर भीमदत्त भगतपुरकै नेपाली सेनाको ब्यारेक पछाडि छ । उनीहरू १७र१८ वर्षका भएको आफन्तले जनाएका छन् । कान्तिपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here