नेपाली भूमिमा भारतद्वारा एकतर्फी सडक विस्तार

229
g]kfn–ef/t ;Ldfdf ;8s cg'udg s~rgk'/sf] eLdbQ gu/kflnsf–( a|Xdb]jl:yt g]kfn–ef/t ;Ldf If]qdf g]kfnL kIfl;t ;dGjo gu/L ef/tn] PstkmL{ ?kdf ;8s lgdf{0f ug{ yfn]kl5 d+unaf/ cg'udg ub}{ s~rgk'/sf k|d'v lhNnf clwsf/L s'df/axfb'/ v8sf;lxtsf] 6f]nL . tl:a/ M z]/axfb'/ l;+x, s~rgk'/, /f;;

भीमदत्तनगर, २३ साउन ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक सीमाक्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको छ ।

नेपाल–भारत सीमाक्षेत्रमा मुख्य सीमास्तम्भ नं ३ नजिक आफ्नो भूमि दाबी गर्दै भारतले पक्की सडक निर्माण गरिरहेको हो । भारतले टनकपुर ब्यारेजदेखि उत्तरतर्फको ब्रह्मदेव बजार छेउसम्म करीब एक हजार ३०० मिटर सडक निर्माण गर्न थालेपछि ब्रह्मदेवका बासिन्दाले विरोध गरेका छन् ।

भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले भारतले नेपाली पक्षसित समन्वय नगरी करीब दुई सय मिटर वरसम्म नेपाली भूभागमा सडक बनाउन थालेको बताए । सीमास्तम्भ नं ३ हराएका कारण लामो समयदेखि त्यहाँ विवाद हुँदै आएको छ । केही समयअघि नेपाल–भारत संयुक्त सीमा सर्भे टिमले सो क्षेत्रको सर्भे गरेको थियो । सर्भेपछि टनकपुर तटबन्धको सिँढी (टनकपुरदेखि एक हजार मिटर उत्तरतर्फ विद्युत्गृहमा बनाएको सिँढी)लाई नेपाल–भारत सिमाना मानिँदै आएको थियो ।

उक्त सिमाना मानिएको क्षेत्रमा नै ३ नं सिमास्तम्भ पर्ने सर्भे टिमले निक्र्योल गरेको थियो । भारतले अहिले एकतर्फीरूपमा उक्त क्षेत्रमा सडक निर्माण गर्न थालेपछि विरोधमा उत्रिएको स्थानीयवासी गगनसिंह कार्कीले बताए ।

मंगलबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कासहितको सुरक्षा निकायको टोलीले सडक निर्माणस्थलको अवलोकन गरेको थियो । “सडक निर्माण गर्न भारतीय पक्षले हामीसित समन्वय गरेको छैन,” उनले भने, “उक्त क्षेत्रमा लामो समयदेखि विवाद रहेकाले संयुक्त सर्भे टिमले टुंगो लगाएपछि मात्रै सडक निर्माण गर्न भारतीय पक्षलाई आग्रह गरेका छौँ ।” भारतीय पक्षलाई काम रोक्न भने पनि भारतले सडक निर्माणलाई निरन्तरता दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here