कैलाली/आज बिहान अज्ञात समूहले कैलालीको लम्कीचुहा –१ स्थित देउती गुट्खा उद्योगमा बम बिस्फोट गरेको छ।
बम बिस्फोटबाट उद्योगको पर्खाल र छानामा क्षति पुगेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरिक्षक सुुरेन्द्रप्रसाद जोशीले जानकारी दिए। बम बिस्फोट भएपछि स्थानीय त्रसित बनेका छन्।
बिहान करिव ५ बजेतिर उद्योगको पर्खाल बाहिर बम बिस्फोट भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । प्रहरीले बम बिस्फोटका बारेमा अध्ययन थालेको छ।

















