एक्सन हिरो सनी फेरि ‘घायल’ बन्दै

244

बलिउड अभिनेता एक्सन हिरो सनी देओल अब चलचिध निर्देशन गर्दै १९९० मा रिलिज भएको हिट फिल्म ‘घायल’ को सिक्वेल बनाउँदैछन् । सात फिल्म फेयर अवार्ड जितेको फिल्म ‘घायल’ सबैभन्दा हिट फिल्म थियो ।

‘घायल’ सिरिजको पहिलो फिल्मको निर्देशन राजकुमार सन्तोषीले गरेका थिए । यसपटक उनलाई सनीले प्रोड्यूस गर्न अफर दिएका छन् । अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको छ ।

‘घायल’ फिल्मको कहानीमा अन्तिममा पुलिसले सनीलाई गिरफ्तार गर्छ । खबरअनुसार, ुघायल २ु को कहानी त्यहीबाट सुरु हुनेछ । अर्थात्, सनी जेलबाट बाहिर आएपछि के हुन्छ रु त्यही कहानीमा ुघायल २ु बन्नेछ ।

सनी यो फिल्ममा एक पत्रकारको भूमिकामा छन् । ुघायल २ु फिल्ममा सनी भ्रष्ट अफिसर्सको पर्दाफास गर्नेछन् । १४ वर्ष जेल जीवन विताएपछि जब सनी बाहिर आउँछन् तब उनले भ्रष्टाचारलाई जरैबाट उखाल्ने कसम खान्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here