‘धूम ४’ बाट आउट भए सलमान

150

बलिउड/ केही रिपोर्ट्सका अनुसार, बलिउड सुपरस्टार सलमान खानलाई ‘धूम ४’ का लागि अफर गरिएको थियो । गएको वर्ष उनी यो फिल्म गर्न राजी पनि भएका थिए । तरपछि सलमानको केही शर्तका कारण यशराज ब्यानरले उनलाई लिन सकेन ।

हालैको खबरअनुसार, मेकर्स दिपावलीमा ुठग्स अफ हिन्दोस्तानु को रिलिजसँगै अभिनेता शाहरुख खानसँग यो फिल्मको घोषणा गर्ने तयारीमा छ । प्रोडक्शन हाउसलाई मन परेन सलमानको शर्त खबरअनुसार, सलमान यो फिल्म गर्ने मूडमा थिए तर उनको केही टर्म एन्ड कन्डिशन थियो, जसमा एक यो थियो कि स्टारकास्टमा ठूलो परिवर्तन ल्याउन चाहन्थे ।

प्रोडक्शन हाउस स्टारकास्टमा चेन्ज गर्ने पक्षमा थिएन । यशराज ब्यानर स्टारकास्ट परिवर्तन गर्न सहमत नभएपछि सलमानले ‘धूम ४’ बाट हात झिकेको खबर छ ।

अब प्रोडक्शन हाउस कास्टलाई फाइनल गर्दै ‘धूम ४’ को चाँडै औपचारिक रुपमा घोषणा गर्दैछ । अहिलेसम्म यो कन्फर्म छैन कि शाहरुख फिल्मको हिस्सा हुनेछन् वा छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here