‘रोजी’ मा प्रदीपको यस्तो चार लुक्स

276

नीरक पौडेल निर्देशित फिल्म ‘रोजी’ भाद्र २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।’प्रेमगीत’ हुँदै ‘लिलिबिली’ सम्म आइपुग्दा लोभलाग्दो क्रेज बनाएका युवा स्टार प्रदीप खड्का अभिनीत नयाँ फिल्म ‘रोजी’ दर्शकले व्यग्र प्रतिक्षा गरेको चलचित्र मध्ये एक हो ।

फिल्म ‘रोजी’ मा अभिनेता खड्का चार फरक अवतारमा प्रस्तुत भएका छन् । निर्माण टिमले सार्वजनिक गरेको तश्बिरमा उनले एउटै फिल्मभित्र चारवटा चरित्र चित्रण गरेका छन् । पहिलोमा सामान्य तर सोझा युवक, दोस्रोमा विद्यार्थी, तेस्रोमा नोस्टाल्जिक र चौंथोमा कुनै एक अपराधीको लुक्समा प्रदीपलाई देख्न सकिन्छ ।

प्रदीपले पहिलो पटक क्रिमिनलको भूमिका निर्वाहा गरेको उक्त फिल्ममा उनलाई आफ्नै प्रेमिकाको हत्या अभियोगमा जेल जीवन विताएको देख्न सकिनेछ ।

फिल्मले एक सोझो युवकको क्राइमतर्फको यात्रा र उतारचढाव पेश गर्छ । यसमा अभिनेता कर्मा शाक्यको पनि लिड रोल रहेको यस फिल्ममा प्रदीपको जोडीमा अभिनेत्री द्वय परमिता आरएल राणा र मिरुना मगर छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here