एजेन्सी / जिउको तौल आवश्यकताभन्दा बढी हुनु पनि घाटक सावित हुने रहेछ । बढी वजन हुनु आफ्नो स्वास्थ्यका लागि त हानिकारक छ नै, अरुले पनि दुःख पाउँदा रहेछन् । जिउ मोटो हुँदा कहिलेकाहीँ आफ्नै घरसमेत भत्काउनु पर्दो रहेछ । पाकिस्तानमा हालै यस्तै घटना भएको छ । ३ सय ३० किलोको शरीर भएका एकजना व्यक्तिलाई घरबाट निकालेर अस्पताल पुर्याउन निकै सकस भयो । उनको जिउ यति भिमकाय थियो कि घरको ढोकाबाट उनलाई बाहिर निकाल्न सम्भव थिएन । त्यसैले घरको भित्ता फोरेर उनलाई बाहिर निकालियो अनि उपचारका लागि सैनिक अस्पतालमा भर्ना
गरियो ।

















