भोलीदेखि लागू हुने देवानी/अपराध संहिता विषयमा भ्रमपूर्ण प्रचार नगर्न प्रधानमन्त्रीको आग्रह

218

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण नकारात्मक असर पर्ने खालको प्रचार नगर्न आग्रह गरेका छन् ।

नयाँ कानून आउँदा केही केही व्यवस्था नयाँ हुने हुँदा अभ्यासमा केही समय लाग्ने जनाउँदै ओलीले जनतालाई अस्पतालमा उपचार गर्दा बिरामीको मृत्यु भएमा चिकित्सकलाई जन्मकैद हुने भन्ने हल्ला र भ्रम फिँजाउने काम नगर्न आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय ध्रम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा “मुलुकी देवानी र मुलुकी अपराध संहिता लागू गर्ने कुरामा निकै भ्रमपूर्ण हल्ला चलाइएको छ, तर यो त पोहोर साल नै व्यापक छलफल गरेर संसद्ले पारित गरेको कानून हो ।” ओलीले भने ।

सरकारले संविधान र कानूनको परिधिभित्र रहेर विकास निर्माण गर्ने, गरीबको जीवनस्तर उकास्ने, सामाजिक सुरक्षामा ध्यान दिने, शान्ति कायम गर्ने तथा राष्ट्रिय एकता कायम गर्ने तरिकाले काम गरिहेको बताउँदै आफ्नो स्वार्थका नाममा देशमा बितण्डा मच्चाउने खालका गतिविधि सञ्चालन नगर्न सबैमा आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकार अल्मलिएको छैन, देश अल्मलिएको छैन, जनता र युवाशक्ति अल्मलिएका छैनन्, अल्मलियो कि भन्ने पीर प्रतिपक्षलाई लागेको छ, तर सरकारले राष्ट्र र जनताको हितका लागि निरन्तर काम गरेको छ ।”

पार्टीमा प्रवेश गर्ने कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले नवप्रवेशीबाट पार्टीलाई नयाँ उचाइमा पु¥याउन थप बल पुग्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले समेत पार्टीमा टिक्न नसकेको उदाहरण दिँदै नवप्रवेशी कार्यकर्ताले नेकपामा प्रवेश गरेर सही निर्णय लिएको जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here