मोरङ/ डव्लुबी ५१९७ नम्वरको ट्रक रोकी छतमा सुतिरहेको अवस्थामा लडेर चालक भारत पटना घर भएका ४५ वर्षीय ललन रायको मृत्यु भएको छ ।
बिराटनगर महानगरपालिका-१५ स्थित भंसार कार्यालयको कम्पाउण्डमा उक्त ट्रक रोकी छतमा सुतिरहेको अवस्थामा बिहीबार राति अचानक लडेर घाइते भएका रायको कोशी अंचल अस्पताल बिराटनगरमा उपचार क्रममा मृत्यु भएको थियो।