सर्वोच्चले रिहा गरेका प्रकाण्डलाई काभ्रे जिल्ला अदालतबाट तीन दिन थुन्ने आदेश

250

काठमाडौं । जबरजस्ती चन्दा उठाएको आरोपमा अपराधी ठहर गर्दै गृह मन्त्रीको आदेशमा अत्यन्त अपमानजनक ढङ्गले प्रहरीबाट पक्राउ गरिएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लाई सर्वोच्च अदालतले चन्दा उठाएको आधार प्रमाण प्रहरीले पेश गर्न नसकेको ठहर गरि थुनाबाट मुक्त गर्न गत शुक्रबार आदेश गरेको थियो ।

सर्वोच्चको आदेश लगत्तै छुटेका प्रकाण्डलाई राष्ट्रिय मानव अधिकार आयोगले जिम्मा लिन खोज्दा पनि पहरीले नमानेर जबरजस्ती सर्वोच्च परिसरबाटै पून गिरफ्तार गरि लगेको थियो ।

आज काभ्रे जिल्ला अदालतमा म्याद थप गर्न लगिएका प्रकाण्डलाई थप ३ दिन थुनामा राखी अनुशन्धान गर्न आदेश गरेको छ । काभ्रेको क्रसर उद्योगमा आक्रमण गरेको आरोप प्रकाण्डलाई लगाइएको छ ।

प्रहरीले ७ दिनको समय माग गरे पनि जिल्ला अदालत काभ्रेले ३ दिन मात्र थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here