आइएमई इन्स्योरेन्स र नेशनल मेडिकल कलेज बीच नगद रहित सेवा सम्झौता

179

काठमाडौं/ आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेशनल मेडिकल कलेज प्रा.लि.बीच नगद रहित सेवा सम्झौता भएको छ ।

स्वास्थ्य सेवामा ग्राहकको पहुच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नगद रहित अन्तरंग सेवा (Hospitalization) स्वास्थ्य बीमा योजना अगाडि ल्याएको छ ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक श्री पवन थापा र नेशनल मेडिकल कलेज प्रा.लि. वीरगंज, पर्साका तर्फबाट निर्देशक अबीद हसन अन्सारीले हस्ताक्षर गर्नुभएको थियो ।

उक्त सेवालाई प्रदेशिक तहमा समेत विस्तार गर्ने उदेश्य सहित यस आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेशनल मेडिकल कलेज प्रा.लि. वीरगंज, पर्सा विच आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म नेशनल मेडिकल कलेज प्रा.लि. वीरगंज, पर्साबाट नगद रहित अन्तरंग (Hospitalization) सेवा प्राप्त हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here