२१ अर्ब रुपैयाँ चिठ्ठामा जितेकी महिलाले आफू काम गर्ने कम्पनीको १९ लाख चोरेका व्यक्तिसँग स्कटल्याण्डको फिफे शहरमा विवाह गरेकी छिन् । चर्चित लोट्टोमा अर्बौं रुपैयाँ जितेको १५ महिनापछि नै गिलियन बेफोर्डको उनका श्रीमानसँग सम्बन्धविच्छेद भएको थियो ।
गिलियन बेफोर्ड, ४६, ले गत हप्ता फिफेमा ३७ वर्षे ब्रियन डिन्ससँग विवाह गरेकी हुन् । डिन्सले टेस्को कम्पनीको १३ हजार पाँच सय पाउन्ड १९ लाख २१ हजार रुपैयाँ चोरेको आरोपमा ६ महिनाको जेल सजाय भोगेका थिए । दुई सन्तानकी आमाले आफ्ना श्रीमानको आपराधिक रेकर्डबारे डेटिङको सुरुवाती अवस्थामा नै थाहा भएको र यसलाई आफूलाई केही फरक नपार्ने भनेकी छिन् ।


















