काठमाडौं- नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्न सभामुख अग्निप्रसाद सापकोटासहितका नेताहरू काँग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका छन्। स्वर्गीय नेता जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलि अर्पणका लागि केन्द्रीय कार्यालयमा लगिएको हो। कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरूले श्रद्धाञ्जलि अर्पण गरेका छन्। सोही क्रममा सभामुख सापकोटा पनि सानेपा पुगेर नेता जोशीप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र पम्फा भुसाल पनि सानेपा पुगेका छन्। अहिले नेता जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्न सानेपामा नेता कार्यकर्ताहरूको घुइँचो लागेको छ। श्रद्धाञ्जलि कार्यक्रम सकिएपछि आजै दाहसंस्कार गरिने जानकारी प्राप्त भएकाे छ।

















