खोपको गुणस्तर र उपयोगिता माथि शंका गर्दै खोप लगाउने अभियान स्थगन गर्ने डेनमार्क पहिलो मुलुक हो ।डेनमार्कले मध्य मार्चमा यो खोप लगाउने कार्यक्रम स्थगित गरेपछि अरु धेरै देशहरूले पनि खोप लगाउने अभियान स्थगन गरेका थिए । कतिपय देशहरूले अहिले पनि खोप लगाउन सुरु गरेका छैनन् ।
कतिपय देशहरूले पहिला स्थगन गरे पनि अहिले फेरि लगाउन थालेका छन् । खोपको गुणस्तर र उपयोगिता माथि प्रश्न उठे पनि अरु धेरै देशहरूले भने खोप लगाउने अभियान स्थगित गरेका थिएनन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायतका धेरै अन्तर्राष्ट्रिय निकाय र पछिल्ला विभिन्न अध्ययनहरुले समेत खोपप्रति शंका गर्नु आवश्यक नरहेको बताउदै आएका छन् ।
डेनमार्कका उच्च स्वास्थ्य अधिकारी सोरेन ब्रोस्टर्मले पत्रकार सम्मेलनमा भने, “हामीले आगमी ३ हप्ता अर्थात अप्रिल १८ सम्म खोप अभियानलाई स्थगित नै राख्ने निर्णय गरेका छौँ ।” आफ्ना घरेलु विज्ञहरूको सुझावका आधारमा सरकारले स्थगनलाई निरन्तरता दिने निर्णय गरेको पनि उनले स्पष्ट पारे ।
झण्डै ५८ लाख जनसंख्या रहेको मुलुक डेनमार्कमा अहिलेसम्म २ लाख २७ हजार ८९४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने २ हजार ४०५ जनाको कारोनाका कारण मृत्यु भएको छ ।

















