काठमाडौँ, ८ भदौ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई प्रहरीले पुनः पक्राउ गरेको छ । विहिबार सर्वोच्च अदालतले प्रवक्ता प्रकाण्डलाई छाड्न आदेश दिएलगत्तै भोजपुर जिल्लामा भएको बम विष्फोटको घटनामा समेत संलग्न रहेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रकाण्ड भोजपुर जिल्लामा भएको बम विष्फोटको घटनामा संलग्न रहेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।
प्रकाण्डलाई यस अघि साउन २३ गते चन्दा असुलीको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । सर्वाेच्च अदालतले छोड्ने आदेश दिएपछि रिहा लगे लगत्तै काभ्रेमा भएको आगजनीको मुद्दामा पुनः पक्राउ गरेको थियो ।


















