पर्यटन बोर्डमा नयाँ पर्यटकीय गन्तव्य खोज्न एक हजारभन्दा धेरै आवेदन

93

काठमाडौं/ सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको योजनाअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ एक सयवटा पर्यटकीय गन्तव्य खोज्ने निर्णय गर्दै एउटा प्रदेशमा १० वटा नयाँ गन्तव्य खोज्न सरकारले नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार बोर्डले नयाँ गन्तव्यको खोजीका लागि साउन २८ गतेसम्म आवेदन आह्वान गरिएकोमा ई–मेल र फाइल गरेर एक हजारभन्दा धेरै आवेदन परेको हो ।

बोर्डले प्रदेश सरकारसँग समन्वय गरेर नयाँ गन्तव्य छनोट गर्नेछ । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव नीता पोखरेल अर्यालको नेतृत्वमा पर्यटन बोर्डको योजना महाशाखाले प्रारम्भिक चरणको छनोट गर्नेछ भने अन्तिम सय गन्तव्य छनोटका समयमा सम्बन्धित विज्ञ पनि राखिने जोेशीले जानकारी दिए। प्रत्येक ७ प्रदेशबाट १०–१० का दरले गन्तव्य छनोट गरिने छ भने बाँकी ३० वटा गन्तव्य सम्भाव्यताका आधारमा चयन गरिने जोशीको भनाइ छ ।

सयवटा गन्तव्यको पहिचान र विकासका लागि भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५० करोड बजेट छुट्याएको छ । प्रत्येक प्रदेशमा रहेका पर्यटन मन्त्रालयले पनि यसका लागि बजेट विनियोजन गरेका छन् ।

केन्द्र सरकारले नयाँ गन्तव्य पहिचान गरिसकेपछि त्यसको विकास र प्रवद्र्धनका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले लगानी गर्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले जानकारी दिए ।

गन्तव्य छनोटको मापदण्ड
१) सय वर्ष पुराना पुरातात्विक महत्वका सम्पदा हुनुपर्ने

२) प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, साहसिक, धार्मिक र सांस्कृतिक महत्व रहेका गन्तव्य हुनुपर्ने

३) प्रस्तावित गन्तव्यमा सडक, खाना, आवास, शौचालयको व्यवस्था भएको हुनुपर्ने

४) प्रस्तावित गन्तव्य नजिक रहेका अन्य आकर्षक गन्तव्यलाई मिलाएर सर्किटको रुपमा विकास गर्न सकिने खालको हुनुपर्ने

५) प्रस्तावित गन्तव्यमा पर्यटकले कम्तिमा ५ घण्टा बिताउन सक्ने हुनुपर्ने

६) यसअघि नै विस्तृत परियोजना अध्ययन प्रतिवेदन तयार भैसकेका, त्यसको लोकप्रियता, प्रदेश एवं स्थानीय सरकारको प्राथमिकतामा परेका र सुरक्षाको प्रबन्ध सहजै गर्न सकिने गन्तव्य प्राथमिकतामा पर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here