सविन प्रियासनको सेल्फी उपन्यासको विमोचन

269

दाङ/ पत्रकार तथा साहित्यकार सविन प्रियासनको पछिल्लो उपन्यास सेल्फीको घोराहीमा विमोचन गरीएको छ । उदाहरण समूह, नेपालको आयोजनामा कार्यक्रम गरेर सेल्फी उपन्यासको विमोचन गरीएको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेल, प्रेस स्वतन्त्रता सेनानी सुशिल गौतम, व्यवसायी खड्ग बुढाथोकी, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, उपन्यासकी पात्र बन्दना डिसी र उदाहरण समूह, नेपालकी अभियान्ता संगीत मगरले पुस्तकको विमोचन गर्नुभएको हो । अभियान्ता संगीत मगरको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकको समिक्षा अभियान्ता घनश्याम अस्तित्वले गर्नुभएको थियो ।

समिक्षा गर्दै साहित्यकार अस्तित्वले मध्यपश्चिम क्षेत्रमै आख्यान लेखनमा अब्बल बन्दै गर्नुभएका प्रियासनको पछिल्लो उपन्यास सामान्य विषयमा लेखिएको असामान्य उपन्यास रहेको जनाउनुभयो । घोराही निवासी बन्दना डिसीको जीवन भोगाईलाई उपन्यासमा उतार्नु आफैमा महत्वपुर्ण कार्य भएको भन्दै यसले समग्र राप्ती साहित्यको विकास र उत्थानमा ठुलो भुमिका खेलेको जनाउनुभयो । प्रियासनको पछिल्लो समयमा एक पछि अर्को गर्दै प्रकाशित भैरहेका पुस्तकले यस क्षेत्रकै विकास र सकारात्मक सोचमा टेवा पुर्याउने जनाउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले उपन्यासको पात्र स्वय विमोचन कार्यक्रममा उपस्थित भएर म पात्र हुँ भनेको दुर्लभ घटना भएको जनाउनुभयो । ईतिहासका विभिन्न कालखण्डहरुमा भएका गतिविधि र ब्यक्तिहरुको विषयमा उपन्यास बने पनि एउटा सामान्य ब्यक्तिहरुको बारेमा पुस्तक बन्नु महत्वपुर्ण विषय भएको जनाउनुभयो । यस्तै कार्यक्रममा विशिष्ठ अतिथी प्रेसस्वतन्त्रता सेनानी सुशिल गौतम र उद्योगी व्यवसायी खड्ग बुढाथोकीले सेल्फी उपन्यासले मानिसलाई आत्मनिर्भर बनाउन सिकाउने सिद्धान्त रहेको जनाउनुभयो । यसले सामाजिक जीवनका सकारात्मक प्रभाव पार्ने जनाउनुभयो ।

कार्यक्रममा लेखक सविन प्रियासनले सेल्फी मोबाईलबाट आफुले आफ्नै फोटो खिच्नु जस्तै जीवनमा पनि आत्मनिर्भर हुने सिद्धान्तको विषय सेल्फी उपन्यास रहेको जनाउनुभयो । बन्दना डिसी र उहाँको परिवारले गरेको सफलता प्राप्तीको संघर्षलाई उपन्यासमा बुन्न पाउँदा खुशी ब्यक्त गर्नुभयो । साथै उपन्यासकी पात्र बन्दना डिसीले समेत आफ्नो कथा उपन्यासमा आउँदा खुशी लागेको जनाउनुभयो । उदाहरण समूह, नेपालका अभियान्ता हिरासिंह रानाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अभियान्ता नवीन अभिलाषलीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here