काठमाडौँ/ इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा रहेको छ ।
विगतका एशियाली खेलकूदमा पदक जितेको इतिहास रहेको कराँते, बक्सिङ र तेक्वान्दोमा नेपाल यसपाली पदकविहीन हुँदा अन्य खेलमा पदक जित्ने आशा झनै कम हुँदै गएको छ । विगतमा नेपालले तेक्वान्दोबाट एक रजत र १३ कास्य, बक्सिङबाट छ कास्य र करातेबाट तीन कास्य जितेको थियो । जारी प्रतियोगितामा नेपालले २९ खेलमा सहभागिता जनाएको छ ।
प्रतियोगितामा सहभागी ४५ मुलुकमध्ये ११ दिनसम्म आइपुग्दा ३६ मुलुककले पदक जित्न सफल भएका छन् । हालसम्म पदक तालीकामा चीनले सर्वाधिक ८८ स्वर्ण, ६२ रजत र ४३ कास्य गरी १९३ पदक जित्दै पदक तालीकाको शीर्ष स्थानमा रहन सफल भएको छ । चीनलाई पच्छ्याउँदै जापानले ४३ स्वर्ण, ३७ रजत र ५७ कास्यसहित १३७ पदक जितेको छ ।


















