रूसलाई अन्तर्राष्ट्रिय खेलकुदबाट चार वर्ष प्रतिबन्ध लगाउने निर्णय

68

एजेन्सी / विश्वका एन्टी डोपिङ एजेन्सी (वाडा) ले रूसलाई अन्तर्राष्ट्रिय खेलकुदबाट चार वर्षसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

सोमबार विश्व एन्टी डोपिङ एजेन्सीको बोर्डले रूसलाई टोकियोमा हुने आउँदो ओलम्पिकमा समेत खेल्न प्रतिबन्ध लगाइने निर्णय सर्वसम्मत पारित गरेको हो । वार्ताका लागि सोमबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई वाडाको हेडक्वार्टर स्वीजरल्याण्डको लुजानमा बोलाएको थियो।

सन् २०१४मा रूसको सोचीमा भएको हिउँदे ओलम्पिकमा व्यापक डोपिङ गरेको भन्दै एजेन्सीले रूसमाथि छानबिन थालेको थियो। सो छानबिनमा मस्कोले प्रयोगशालाको डाटालाई असर गर्ने गरी नक्कली प्रमाण पेस गरी डोपिङसँग सम्बन्धित फाइलहरू मेटाएको पाइएको थियो।

सोचीमा डोपिङ गरेको भन्दै ब्राजिलको रियोमा २०१६मा भएको ओलम्पिकमा पनि रूसलाई प्रतिबन्ध लगाउन एजेन्सीले आग्रह गरेको थियो। तर अन्तर्राष्ट्रिय ओलोम्पिक कमिटीले रूसी ओलोम्पिक कमिटीलाई मात्र प्रतिबन्ध लगाएको थियो र डोपिङमा संलग्न नभएका खेलाडीलाई स्वतन्त्र रूपमा खल्न दिएको थियो।

यो प्रतिबन्धपछि पनि टोकियो ओलम्पिक र २०२२को हिउँदे ओलोम्पिकमा त्यसरी नै खेलाडीलाई स्वतन्त्र रूपमा खेल्न दिने अनुमान गरिएको छ। यसरी खेल्दा रूसी खेलाडीले पदक जिते रूसी राष्ट्रिय झण्डा फहर्‍याइने छैन र राष्ट्रगान पनि बजाइने छैन।

पछिल्लो प्रतिबन्धले रूसलाई २०२२ मा कतारमा हुने विश्वकप फुटबलमा समेत खेल्न प्रतिबन्ध लाग्न सक्ने न्यूयोर्क टाइम्सले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here