काठमाडौँ/ दशैका लागि शुक्रबार देखि खुल्ने भनिएको अग्रिम टिकट बुकिङ नखुलेपछि टिकल काटन आएका यात्रुहरु रित्तै हात फर्किएका छन् । शुक्रबार बिहानै देखि नयाँ बसपार्कमा अग्रिम टिकल लिनेहरुको भिड लागेपनि टिकट बुकिङ खुला नहुँदा यात्रुहरु खाली हात फर्कनुपरेको हो ।
यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको सहमति पछि लामो दूरीका सवारी साधनको टिकट बुकिङ आज देखि खुला गर्ने तय भएको थियो ।
यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भदौ ३१ गते असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो । यातायात व्यवसायीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै यातायात अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले चाडवाडको मुखमा आएर १० दिनको बीचमा दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि व्यवसायी तथा यात्रु मारमा परेको भन्दै मूल्यवृद्धि फिर्ता नभएसम्मका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको जनाएका छन् ।


















