विप्लवका शीर्ष नेतामाथि धडपकडमा तिव्रता

116

नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहका बरिष्ठ नेताहरुमाथि सरकारले धडपकड सुरु गरेको छ । मंगलबार मात्र सरकारले विप्लप समुहकी पोलिटब्यूरो सदस्य उमा भुजेललाई पक्राउ गरेको छ ।
उनलाई काठमाडौंको बालाजुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि जिल्ला प्रहरी कार्यालय काभ्रेमा आगजनी सम्बन्धी मुद्दाको अनुसन्धानका लागि भन्दै पक्राउ गरिएको हो । सशस्त्र द्वन्द्वका बेला गोरखा जेल ब्रेक गरेकी उनी पहिलो संविधानसभामा समानुपातिकतर्र्फकी सांसद समेत हुन्। सरकारले विप्लब नेतृत्वको नेकपाका सैन्य कमाण्डरलाई पनि पक्राउ गरेको दाबी गरेको छ । विप्लव समुहले सैन्य गतिविधिलाई तिव्रता दिएको सूचनाका आधारमा सरकारले सैन्य कमाण्डर असल बहादुर खड्का लगायतका उच्च नेताहरुलाई पनि पक्राउ गरेको स्रोतले जानकारी दियो । सरकारले विप्लवका प्रवक्ता एवं पूर्व मन्त्री खड्ग बहादुर विश्वकर्मा प्रकाण्डलाई समेत पक्राउ गरेर उनीमाथि विभिन्न मुद्दा लगाइरहेको छ । सर्वाेच्च अदालतले पटक पटक छोडिदिन आग्रह गर्दा समेत सरकारले एक पछि अर्काे मुद्दा थप्दै प्रकाण्डलाई प्रहरी हिरासतमा राखिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here