टायरमा मुखबाट हावा भर्नका लागि हाम्रो शरिरमा अर्को दुईवटा फोक्सोको आवश्यक पर्ला तर एक चीनियाँ नागरिकले एकैपटक १२ वटा ट्युबमा हावा भरेका छन्, त्यो पनि नाकको एउटा प्वालले । यी व्यक्तिको अचम्मको कलाले उनलाई विश्व रेकर्डको उपाधि दिलाएको छ । चीनको नान्जियाङ ग्रान्ड क्यान्योनमा आयोजित एक कार्यक्रममा ४३ वर्षे ताङ्ग फेहुले दुई मिनेट ३० सेकेन्डभित्र एकैपटक १२ वटा टायरमा हावा भरेका छन् ।
यसअघि दुई मिनेट ३० सेकेन्डमा ६ वटा टायरमा हावा भरेर रेकर्ड राखिएको थियो । गत वर्ष अर्का एक चीनियाँ व्यक्तिले २० मिनेटभित्र एकैपटक चारवटा टायरमा हावा भरेर समाचारको हेडलाइन बनेका थिए ।


















