सेनाको हेलिकोप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु

161

इथियोपिया/ सेनाको हेलिकोप्टर दुर्घटना हुँदा बिहीबार इथियोपियामा १८ जनाको मृत्यु भएको छ ।

राज्यको संलग्नता रहेको फाना प्रसारण निगमले मुलुकको मध्य भागमा पर्ने डायर डावा र विशोफ्टुको बीचमा हेलिकोप्टर दुर्घटना भएको जनाएको छ ।

हेलिकोप्टरमा भएका सवैको मृत्यु भएको जनाइएको छ । हेलिकोप्टरमा १५ जना सैनिक र तीन जना चालक दलका सदस्य रहेका थिए ।

घटनाका बारेमा थप विवरण आउन बाँकी नै रहेको समाचारमा उल्लेख छ ।

यसअघि सन् २०१३ मा इथियोपियाको सैन्य विमान मोगादिसुमा दुर्घटना हुँदा चालक दलका चार जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here