बिमस्टेक सम्मेलनको दोस्रो सत्र जारी

141

काठमाडौं/ (बिमस्टेक) चौथो शिखर सम्मेलनको दोस्रो तथा अन्तिम दिन आज दोस्रो सत्र सुरु भएको छ ।

सम्मलेनको दोस्रो सत्र केहीबेरमा घोषणापत्र तथा विभिन्न सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम छ । दोस्रो सत्रको शुरुमा बिमस्टेकको १६ औं मन्त्रिस्तरीय बैठकको निर्णयसम्बन्धी रिर्पोट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रस्तुत गरेका छन् । त्यस्तै बिमस्टेकका महासचिव शाहिदुल इस्लामले प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् ।

महासचिवको प्रतिवेदनपछि बिमस्टेक सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । सम्मेलनको अन्त्यमा चौथो शिखर सम्मेलनको घोषणापत्र ग्रहण कार्यक्रम राखिएको छ । तालिका अनुसार मध्यान्ह १२ बजे संस्थाले गरेका कामबारे प्रगति विवरण पेश गर्ने तथा संयुक्त घोषणापत्र जारी गर्दै बिहिबारबाट काठमडौंमा सुरु भएको प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो शिखर सम्मेलन समापन हुनेछ ।

मध्याह्न सवा १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गर्ने र मन्तव्य राखेर सम्मेलन समापनको घोषणा गर्ने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here