नेपालका चर्चित सुरिस्टार अहिलेका अनमोल केसि र प्रदीप खड्का हुन् । तर यहि चर्चित अनुहारहरुसंगै अर्का चर्चित अभिनेता तथा सुपरस्टारको क्रेज पक्डिन आएका छन अहिलेका चर्चित फिल्ममा आउनु अगावैदेखि युवापुस्तामाझ परिचित अनुहार धिरज मगर । असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षीत फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ बाट नेपाली फिल्म नगरीमा डेब्यु गर्दैछन् ।
इन्स्टाग्राममा उनलाई झण्डै ७० हजारले पछ्याउँछन् । ३४ हजार लाइक पेजको फेसबुक एकाउन्ट छ । उनको नाममा दर्जनौ फेसबुक पेज खोलिएका छन्, जसमा हजारौ लाइक्स छन् ।
युवती फ्यान अत्याधिक रहेका धिरजको ‘इन्टु मिन्टु लन्डनमा’ युवापुस्तामाझ चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधिएको छ । फिल्मको गीतसंगीत र ट्रेलरमा औधि रुचाइएको यी दुईको केमेस्ट्रीलाई अब दर्शकको साथ भने कति मिल्छ त्यो भने फिल्म रिलिज पश्चात नै थहा हुनेछ ।


















