ज्योति विकास बैंकले खोल्यो दुई नयाँ शाखा

99

काठमाडौं । धनुषाको जनकपुर र सिरहाको गोलबजारमा ज्योति विकास बैंकले नयाँ शाखाको प्रारम्भ गरेको छ । जनकपुर उप—महानगरपालिका वडा नं ९, धनुषामा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति जनकपुर उप—महानगरपालिकाका मेयर लाल किशोर शाह, नेपाल राष्ट्र बैंक जनकपुर कार्यलयका निर्देशक नरेश शाक्य तथा बैंकका संचालक जगदीश्वर प्रसाद अधिकारीद्वारा एक कार्यक्रमका बीच यही भाद्र २० गतेका दिन संयुक्त रुपमा उद्घाटन गरिएको छ ।

त्यस्तै गोलबजार नगरपालिका वडा नं ६ मा प्रारम्भ भएको नयाँ शाखाको उद्घाटन प्रमुख अथिति गोलबजार नगरपालिकाका मेयर देबनाथ शाह तथा बैंकका संचालक जगदीश्वर प्रसाद अधिकारीद्वारा संयुक्त रुपमा गरिएको जनाइएको छ ।

हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० ओटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. २० अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १६ अर्व लगानी गर्न सफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here