उक्त म्यासेजको एउटा इन लाइन ड्रप डाउन मेनुमा इडिटर, कमेन्टेटर र भ्युअर भनेर अप्सन आउनेछन्, साथै अप्सनल म्यासेज फिल्ड र शेयर बटन पनि आउने छन् । साथै ‘ओपन शेयर सेटिङ’ पनि तपाईले देख्न सक्नुहुनेछ । पहिले तपाईंले एक्सेस रिक्वेस्टलाई व्यवस्थापन गर्न नयाँ ट्याप वा एपमा डकुमेन्ट खोल्नु पर्दथ्यो । तर डाइनामिक ईमेलले अब यसलाई सजिलो र छिटो बनाइदिएको छ ।
नयाँ अपडेटमा गुगलले एक्सेस रिक्वेस्ट म्यासेजको ‘फ्रम’ एड्रेसमा सानो परिवर्तन ल्याएको छ । अब [email protected]. बाट रिक्वेस्ट प्राप्त गर्न सक्नु हुनेछ । यो जिमेलको वेबमा पाउन सकिन्छ । साथै एन्ड्रोइड र आईओएस दुवै मोबाइल एपमा समेत पाउन सकिन्छ ।
यो गुगलको वर्कप्लेस इडिसनहरु इसेन्सियल, बिजनेस स्टार्टर, बिजनेस स्ट्याण्डर्ड, बिजनेस प्लस, इन्टरप्राइज इसेन्सियल, इन्टरप्राइज स्ट्याण्डर्ड, इन्टरप्राइज प्लस, एजुकेसन, इन्टरप्राइज फर एजुकेसन र नन प्रोफिट कस्टर र पर्सनल गुगल अकाउन्टका प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् । गुगलले २० अक्टोबरमा यो फिचरलाई रोलआउट गरिसकेको छ ।


















